Section 106
न्यूनतम पारिश्रमिक निर्धारण गर्ने
(१) मन्त्रालयले प्रत्येक दुई वर्षमा दफा १०७ बमोजिमको
न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण
गर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा १०७ बमोजिमको न्यूनतम
पारिश्रमिक निर्धारण समितिमा सर्वसम्मति कायम हुन नसकेको कारणले न्यूनतम पारिश्रमिक
सिफारिस गर्न नसकेमा मन्त्रालयलेन्यूनतम पारिश्रमिक निर्धारण गर्नेछ ।
(३) यस दफा बमोजिम निर्धारण गरिएको न्यूनतम पारिश्रमिक मन्त्रालयले नेपाल
राजपत्रमा प्रकाशन गर्नेछ ।
(४) यस दफा बमोजिम निर्धारण भएको न्यूनतम पारिश्रमिक नयाँ आर्थिक वर्षको
पहिलो दिनदेखि लागू हुनेछ ।
तर ट्रेड युनियन र रोजगारदाताका बीचमा न्यूनतम पारिश्रमिक लागू हुने मितिका
सम्बन्धमा अन्यथा सहमति भएकोमा सोही बमोजिम हुनेछ ।
(५) अन्य प्रचलित कानून बमोजिम न्यूनतम पारिश्रमिक निर्धारण गर्दा यस ऐन बमोजिम
निर्धारण भएको पारिश्रमिक भन्दा कम हुने गरी निर्धारण गर्न पाइनेछैन ।